Sunday, November 1, 2020

भारतिए दबाब देखाउदैँ पेट्रोलियम पद्धार्थमा कर थपियाे

Author

Date

Category

भारतिए दबाब देखाउदैँ पेट्रोलियम पद्धार्थमा कर थपियाे

सरकारले पेट्रोल र डिजेलमा लगाईँदै आएको विकास कर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्याएकाे छ । जसले गर्दा उपभोक्ता मारमा पर्ने भन्दै चिन्ता प्रकट भइरहे छ र सरकारले कर बढाउनुका पछाडी भारतीय दबाब रहेको देखिएको छ ।

हालै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट भारत भम्रणमा जानुभएकाे थियाे र त्यो बेला पनि पेट्रोलियम पद्धार्थको मूल्यबारे भारतीय पक्षले कुरा उठाएको स्रोतको दावी गरेकाे छ । भारतीय पक्षले नेपालमा पेट्रोलियम पद्धार्थको मूल्य बढाउन दबाब दिनुको कारण भारतको आफ्नै समस्या हाे तर त्याे समस्याले नेपाल सरकारलाई पनि घाटा भइरहेको छ ।

सीमा क्षेत्रमा पेट्रोलियम पद्धार्थ नेपालबाट भारत तस्करी हुँदै आएको छ जसको कारण नेपालमा भन्दा भारतमा पेट्रोलियम पद्धार्थको मूल्य बढि हुने गर्दछ । एक अध्ययनका अनुसार नेपाल आयात हुने कुल तेलको करिब १० प्रतिशत तेल भारत तस्करी हुने गरेको खुलेकाे छ । भारतमा भन्दा नेपालमा तेल १७ रुपैयाँ सस्तो हुने भएपछि सीमा क्षेत्रका भारतीयहरु नेपाली बजारबाट तेल उपभोग गर्दै आएका छन् ।

जसले गर्दा भारतीय अर्थतन्त्रमा समस्या ल्याएको भन्दै भारतले विभिन्न च्यानलबाट नेपाल र भारतमा पेट्रोलियम पद्धार्थको मूल्य एउटै हुनुपर्ने दबाब दिँदै आईरहेकाे थियाे । नेपालले भारतको सरकारी तेल कम्पनी इण्डिन आयल कर्पोरेशन ९आईओसी०बाट पेट्रोलियम पद्धार्थ खरिद गर्दै आएकाे छ । भारतबाटै आयात गरिएको तेल नेपालमा सस्तो हुनुको कारण नेपाल सरकारले तेल ढुवानीमा दिने अनुदान हो ।

सीमा क्षेत्रमा हुने तेल तस्करीले नेपाललाई पनि फाइदा भने हुदैन तरपनि भारतलाई टाउको दुःखाइको विषय बनिरहेकाे छ । त्यसैले भारतले नेपालमा तेलको मूल्य बढाउन दवाव दिएकाे हाे । भारतको लगातारको दबाबपछि नेपालले मूल्य नबढाएर हाललाई करमात्र बढाएको हो ।

यही फागुन १२ गतेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल र डिजेलमा प्रतिलिटर विकास कर ५ रुपैयाँ बढाउने निर्णय गरेको थियो तर, नेपाल आयल निगमले भने कर बढेका कारण तत्काल तेलको मूल्य नबढ्ने जानकारि गराएकाे छ । निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले कर बढेकाले मूल्य बढ्ने भन्ने नहुने बताएका हुन् ।

त्यसो त घाटा भएको भन्दै चर्को मूल्यमा तेल बेच्दै आएको निगमका कर्मचारीले बोनोस लिने गरेको भन्दै विरोध पनि हुने गरेको छ । निगमले बोनस प्रतिशत पनि अब घटाएर वितरण गर्ने जनकारी गराएकाे छ र यसअघि ६ प्रतिशत बोनस वितरण गर्दै आएको निगमले अब १ प्रतिशतमात्र बोनस वितरण गर्ने तयारी गरिरहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...