Monday, October 26, 2020

गाऊँका सबै मिलेर ऋण उपलब्ध गराएर पाइलट बन्न पठाईएका गोविन्द र ललितलाई गाऊँ फर्कदा भव्य सम्मान

Author

Date

Category

गाऊँका सबै मिलेर ऋण उपलब्ध गराएर पाइलट बन्न पठाईएका गोविन्द र ललितलाई गाऊँ फर्कदा भव्य सम्मान

रूकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ( १० भएका गोविन्द केसी हिजो आज सम्मान थाप्नमा व्यस्त रहेका छन् । आफू पढेको विद्यालय, क्याम्पस मात्र होइन गाउँपालिकाले पनि उनीहरूलाई उज्ज्वल भविष्यको शुभकामनासहित बधाई दिइरहेका छन् । सम्मान पाउनेमा केसी मात्र होइन उनका सहपाठी ललित भण्डारी पनि रहेका छन् । गाउँकै विद्यालयबाट एसएलसी पास गरेका मध्यम वर्गीय परिवारमा जन्मेका उनीहरूले हालै पाइलट कोर्स पूरा गरेका छन् ।

फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेर स्वदेश फर्केका उनीहरूलाई सम्मान थाप्न भ्याइनभ्याई भएकाे छ । ॅत्रिचन्द्र क्याम्पसमा बिएस्सी तेस्रो वर्ष पढिरहेको थिएँ त्यहीबेला अवसर मिल्यो पाइलट कोर्स गर्न फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीमा गइयो र १४ महिने कोर्स पूरा गरेर अहिले नेपाल फर्किसकेँ,’ २४ वर्षीय केसीले बुधबार भनेका हुन् । उनले सानैदेखिको आफ्नो सपना साकार हुँदै गएको जनाए ।

ॅसानो हुँदा मलाई बाबु, तिमी ठूलो भएपछि के बन्ने भनेर मानिसहरूले सोध्थे,’ पुराना कुरा खोतल्दै उनले भने, ॅपाइलट बन्ने भन्थें तर बुझ्ने भएपछि मात्रै थाहा पाएँ, मेरो परिवारले पाइलट पढाउन खर्च व्यहोर्न नसक्ने रहेछ त्यसपछि मैले विज्ञान पढेँ ।’

केसीको पाइलट बन्ने सपनालाई आठबीसकोट नगरपालिकाले साकार बनाइदिएको हाे । आर्थिक वर्ष २०७५र०७६ मा नगरपालिकाले नै पाइलट बन्न ऋण उपलब्ध गराइदिएपछि केसी आफ्ना मित्र भण्डारीसँगै फिलिपिन्स जान पाएका थिए । ॅनगरपालिकाले ऋण नदिएको भए कहाँ सपना साकार नहुने थियो र,’ उनले भने, ॅनगरपालिकालाई मनैबाट धन्यवाद प्रकट पनि गरे ।’ केसीसँग अहिले हातमा जहाज चलाउने सीप त छ तर लाइसेन्स निकालिसकेका भने छैनन् ।

काम हातमा आइसकेको पनि छैन । ॅलाइसेन्सको परीक्षा दिन बाँकी नै छ तर जहाज उडाउन सक्ने त भइसकेँ,’ उनले बताए । नेपाल नागरिक उड्ययन प्राधिकरणले पाइलट लाइसेन्सको परीक्षा लिन्छ । केसीलाई लाइसेन्स लिने मात्र होइन नगरपालिकाले पढ्न दिएको ५० लाख रूपैंयाँ ऋण तिर्नु पनि छँदैछ । ॅम पूर्वयोजनाअनुसार नै ऋण तिर्दै जानेछु,’ उनले भने, ॅकिस्ताकिस्तामा गरी ऋण तिर्न मिल्छ ।’ उनले अधुरो छाडेको विज्ञान पनि पढाइ पूरा गर्ने अठोट राखेका छन् ।

नगरपालिकाले कसरी पाइलट पढाउन सहयोग गर्‍यो तरु मेयर गोर्खबहादुर केसीले कार्यपालिका बैठककै निर्णयअनुसार विद्यार्थीलाई पाइलट पढाइएको बताउनु भयाे । ॅदुई जनालाई ५०र५० लाख ऋण दिएर पाइलट पढाएको हो,’ उहाँले भन्नुभयाे, ॅआठबीसकोट बचत तथा ऋण सहकारी संस्थाबाट ऋण उपलब्ध गराएका थियाैं ।’ उक्त ऋण दश वर्षमा विद्यार्थीले चुक्ता गरिसक्नुपर्ने सर्तमा ऋण उपलब्ध गराईएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...