Sunday, October 25, 2020

डोटीको प्रसिद्ध शक्तिपीठ सालमुनिमा दलित पुजारी

Author

Date

Category

डोटीको प्रसिद्ध शक्तिपीठ सालमुनिमा दलित पुजारी

सुदूरपश्चिम प्रदेशका सबैजसो मन्दिरमा गैरदलित पुजारी भए पनि डोटीको शिखर नगरपालिका – २ कालागाढमा रहेको प्रसिद्ध शक्तिपीठ सालमुनि मन्दिरमा पुजारी नै दलित समुदायका छन् । यहाँ दैनिकजसो सयौँ भक्तजन पूजापाठ तथा पशुबलि दिन आवत जावत गर्ने गर्दछन् ।

यहाँ आएका भक्तजन दलित समुदायका पुजारीका हातबाट टीका, प्रसाद र आशीर्वाद थाप्नुका साथै पशुबलिसमेत दिएर फर्किने गर्दछन् । यतिमात्र नभइ उक्त मन्दिरमा दलित समुदायका पूजारीले मात्रै पूजा गर्ने र गैरदलित समुदायका व्यक्तिले भाकल गरेका पशुबलि पनि दलित समुदायकै पुजारीले औसेक छर्की शुद्ध पार्ने र बलि दिने परम्परा समेत रहदै आएकाे छ ।

आफूले भाकल गरेको सफल भएका तथा मनोकामना पूरा भएका भक्तजन वर्षेनी सालमुनि देवतालाई बलि चढाएर खुशी पार्न तछाडमछाड गर्ने गर्दछन् र उक्त मन्दिरमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र छिमेकी मुलुक भारतका पञ्जाब, बरेली, पलिया, लखनऊसम्मका स्थानीयवासी पूजाआजा गर्न तथा पशुबलि दिन आउने गरेको स्थानीयले जानकारी गराए ।

डडेल्धुराको स्याउलेबजारदेखि दिपायल जोड्ने डा केआइसिंह राजमार्गसँगै जोडिएको उक्त सालमुनि मन्दिरमा स्थानीय दास ९बादी० परिवारका पुरुषले वर्षौँदेखि पुजारीको काम गर्दै आएका छन् । अलाड भन्ने क्षेत्रबाट सेती नदीमा सालमुनि देवता बग्दै आइरहेका बेला छोपेर मुडेगाउँको कालागाढमा प्रतिस्थापन गरेकाले मन्दिरमा आफूहरूको हकभोग रहेको मन्दिरका पुजारीले जनाए ।

पुर्खौँदेखि दास परिवारले मात्रै मन्दिरमा विधिवत पूजाआजा तथा धूप ( आराधना गर्दै महिमा जोगाउँदै आएको पुजारीले जानकारी गराउनु भयाे । प्रत्येक दिन बिहानै आएर मन्दिरको सरसफाइ, धूप, पूजा तथा भक्तजनलाई टीका, प्रसाद दिन दास जातिका पुजारी जहिले पनि खटिने गरेका छन् र उक्त मन्दिरमा जहिले पनि पुजारी कम्तीमा पनि ५ भन्दा बढी खटिएका हुन्छन् ।

उक्त मन्दिरमा अन्य मन्दिरजस्तो मुख्य पुजारी नहुने र जसको हातमा जे काम आउँछ, समझदारीमा सबैले आआफनो काम गर्ने गरिएको पुजारी मध्यका एकले बताउनुभयो । मन्दिरमा दिनभरि चढाइएका भेटी, नगद र बलि दिइएका बोकाका टाउका पुजारीले बेलुकी बाँडेर घर लैजाने चलन रहेकाे छ । दलितमाथि अन्यत्र जिल्लाका मन्दिरमा गरिने दुव्यर्वहार सालमुनि मन्दिरमा हुदैंन ।

जिल्लाका अन्य ठूला मानिएका मन्दिर तथा धेरैजसो मन्दिरमा ब्राह्मण समुदायका मानिस पुजारी हुने भए पनि यो मन्दिरमा भने दलित समुदायका व्यक्ति परापूर्वकालदेखि पूजारी रहँदै आएको शिखर नगरपालिका ( १ का वडाध्यक्ष ले बताउनु भयाे । दलित समुदायका व्यक्ति पुजारी रहे पनि उक्त मन्दिरमा महिलालाई भने पूजाआजाका लागि मन्दिरभित्र प्रवेश निषेध रहेकाे छ ।

उक्त मन्दिरमा पशुबलि दिन भक्तजन आएको खण्डमा बादी समुदायको कुनै पनि व्यक्ति पुजारी हुने भएकाले एक बादी समुदायको व्यक्ति बोलाएर पूजाआजा गर्ने चलन रहदैं आएकाे छ र उक्त मन्दिरको संरक्षण तथा संवद्र्धनका लागि दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयपवासीले वर्षेनी सहयोग गर्दै आईरहनु भएकाे जानकारी प्राप्त गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...