Wednesday, October 28, 2020

आईपीएल २०१८: हैदरावादसँग ९ विकेटले हार्‍यो दिल्ली, हारसँगै प्लेअफ बाहिर

Author

Date

Category

जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई  ९ विकेटले हराउँदे प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । हारसँगै दिल्ली प्लेअफबाट बाहिरिएको छ ।

टस जितेर व्याटिङलागि उत्रेको दिल्लीले रिसभ पन्तको शतकको मद्दतमा १८७ रनको चुनौती हैदरावादलाई दिएको थियो । रिसभले ६३ बलमा १५ चौकासहित ७ छक्काको मद्दतमा १२८ रन जोडेका थिए।

फिरोज शाहा कोटाला मैदानमा दिल्लीका ओपनर चल्न सकेनन् । पृथ्वी शा ९ र जेसन राय ११ रनमा आउट भए ।

उनीहरु दुवैलाई शाकिब अल हसनले आउट गरेका थिए । चौथो ओभरमा २१ को स्कोरमा शाकिबले पाँचौं र छैठौं बलमा ती दुबैलाई आउट गरेका थिए । कप्तान श्रेयस ऐयर ३ रन र हर्षल पटेल २४ रनमा आउट भए ।

बलिङतर्फ भुवनेश्वर कुमारले एक विकेट लिए ।

जवाफी ब्याटिंका लागि मैदानमा उत्रेको हैदरावादले १८ ओभर ५ बलमा १ विकेटको क्षतिमा १९१ रन बनाएर जित हात पार्‍यो ।

सो खेलमा हैदरावादका शिखर धवन ९२ र केन विलियम्सन ८३ रनमा नटआउट रहे । हैदरावादले १५ रनमा आफ्नो पहिलो विकेटको रूपमा एलेक्स हेल्सलाई गुमाउन पुगेको थियो। उनलाई १४ रनमा हर्षल पटेलले एलबिडब्लु गर्दै आउट गरे ।

त्यसपछि कप्तान केन विलियम्सन र शिखर धवनले जीतका लागि १७६ रनको साझेदारी गरे । धवन प्लेयर अफ दि म्याच भए ।

 

 

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...