Sunday, October 25, 2020

अमेरिकाद्वारा ९ हजार टीपीएस प्राप्त नेपालीलाई १ वर्षभित्र नेपाल फर्कन आग्रह

Author

Date

Category

अमेरिकी सरकारले अमेरिकामा टिपीएसमार्फत बस्ने  र काम गर्ने अनुमति पाएका ९ हजार नेपाली नागरिकको टीपीएस नविकरण नगर्ने सूचना सार्वजनिक गरेको छ।

एक वर्षभित्र बसोवासका लागि अन्य कुनै कानुनी उपाय अपनाउन वा नेपाल फिर्ता हुन आग्रह गरिएको निर्देशनमा भनिएको छ ‘यसका लागि नेपाली सरकारसँग पनि हामी समन्वयन गर्ने छौ।’

अप्रिल २६ मा होमल्याण्ड स्क्युरिटीद्वारा जारी गरिएको निर्देशनमा भनिएको छ  ‘नेपाली नागरिकका लागि जारी गरिएको टिपीएस जुन २४, २०१९ मा अन्त्य हुनेछ। यो अवधिभित्र टीपीएस मार्फत काम र वसोवासको अनुमति पाएका ९ हजार नेपालीलाई अन्य कुनै कानुनी प्रक्रिया अपनाउन वा स्वदेश फिर्ता हुन निर्देशन गर्दछौ।’

सन् २०१५ मा नेपालमा गएको भूकम्पका कारण अमेरिकी सरकारले कागजपत्र बिहिन नेपालीहरुलाई अस्थायी काम गर्ने तथा ‍ओहोदोहोर गर्ने अनुमति प्रदान गरेको थियो। ‘अब नेपालमा असुरक्षाको अनुभूती नभएका कारण हामीले टीपीएस एक वर्ष भित्र सकिने निर्णले गरेका छौं।’

नेपालमा तीन वर्ष अगाडि ७.८ रेक्टर स्केलको भूकम्प गएपछि अमेरिकाले अमेरिका भित्र रहेका कागजपत्रबिहिन नेपालीहरुलाई अस्थायी बसोवाससहित काम गर्नका लागि टिपीएसको प्रदान  गरेको थियो।

सन् १९९० देखि अमेरिकी सरकारले राजनीतिक, प्राकृतिक बिपत, हत्या हिंसाले प्रभाव पारेका मुलुकका नागरिकहरुका लागि टिपीएस मार्फत संरक्षणको ब्यवस्था गर्दै आएको छ।

होमल्याण्ड स्क्युरिटीद्वारा जारी गरिएको निर्देशन

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...