Thursday, October 1, 2020

सबै सिन्डिकेट हटाइने

Author

Date

Category

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफ्नो मन्त्रालय मातहतका निकायमा रहेको सबैखाले सिन्डिकेट हटाउने दाबी गरेका छन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री यादवले यस्तो बताएका हुन् । अहिले सरकार ज्यानमारा यातायात सिन्डिकेट तोड्ने अभियानमा सफल भएको दाबी गर्दै उनले अब मुलुकमा कुनै पनि क्षेत्रमा सिन्डिकेट नरहने बताए । शिक्षा, स्वाथ्य, जलविद्युत् र हरेक क्षेत्रको व्यापारमा सिन्डिकेट कायमै रहेको भन्दै अब सरकारले सबै खालका सिन्डिकेट निर्मूल पार्ने दाबी गरे । सिन्डिकेट मात्र नभई अब सरकारले सरकारी सम्पत्तिमा ब्रह्मलुट गर्नेहरूलाई पनि नछाड्ने बताए ।

सरकारद्वारा सञ्चालित विभिन्न सार्वजनिक संस्थानको आर्थिक अवस्था बलियो बनाई उत्पादन बढाउने कार्यमा लागिने बताए । अहिलेसम्म रुग्ण अवस्थामा रहेका ती सार्वजनिक संस्थान एवं उद्योगहरूलाई पुनर्जीवित गर्न सरकारले अर्को साझेदारी खोजेर भए पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

गृह मन्त्रालयबाट सुरु भएको यातायात सिन्डिकेट तोड्ने अभियान अहिले सफल भएको दाबी गर्दै उनले अहिले यातायात व्यवसायी आफ्ना गाडी चलाउन तयार भएको बताए । गाडीको सिट क्षमताभन्दा बढी यात्रु बोकेर जनताको जीवनप्रति नै खेलवाड गर्नेे अहिले तह लागेको उनको भनाइ थियो । उनले भने, ‘हाम्रो नीति नै सबै क्षेत्रको सिन्डिकेटको अन्त्य गर्नु हो, हामी अहिले त्यही अभियानमा छौं ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समृद्ध नेपाल र सुखी नेपाली बनाउँछौं भनेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्छ भनेकाले सरकार सोही अभियानमा जुटेको बताए । उनले नेपालमा अब कुनै पनि सिन्डिकेट नरहने र सिन्डिकेट गर्नेलाई सरकारले जेल हाल्ने चेतावनी दिए ।

खुला उदारीकरण र निजीकरणको नाममा राष्ट्रिय उद्योग बेचेर खाएको उनको आरोप छ । आफ्नो नेतृत्वको मन्त्रालय मातहतका क्षेत्रभित्र रहेका सिन्डिकेट तोड्न आफू लागिपरेको भन्दै उनले विराटनगर जुट मिल अहिले रुग्ण अवस्थामा रहेको बताए । विराटनगर जुट मिलमा रहेका मेसिन बोक्न सक्नेजति बोकेर नसक्नेजति ट्रकमा हालेर पनि सामानहरू चोरिएको जानकारी गराउँदै उनले भने,

‘त्यहाँका सञ्चालक समितिका एक सदस्यलाई सोध्दा कहाँ चोरी हुन्छ भनेर जवाफ दिन्छ, किनकि अझै सरकारी सम्पत्ति लुट्ने मानसिकता कायमै छ ।’

यस्ता समस्या समाधानका लागि सशक्त न्यायिक छानबिन समिति गठन गरिने पनि उनले जानकारी गराए । ‘विभिन्न क्षेत्रमा भएका सरकारी सम्पत्ति दुरुपयोग गर्नेलाई छानबिनको दायरामा ल्याउन र कारबाही गर्न सरकार तयार रहेको उनको भनाइ थियो । अहिलेसम्म विविध समस्याले बन्द अवस्थामा रहेका उद्योग तथा कलकारखानालाई सरकारले सञ्चालन गर्ने भन्दै उनले सरकारले कुनै पनि उद्योग कलकारखाना नबेच्ने दाबी गरे ।

श्रोत ;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...