Monday, September 28, 2020

भोटेकोशीको बेलीब्रिज गुणस्तरहीन सामग्री प्रयोगका कारण भाँचिएको अनुमान

Author

Date

Category

नेपाल चीन सीमा जोड्ने लार्चाको बेलीब्रिज गुणस्तरहीन सामग्री प्रयोग भएका कारण भाँचिएको प्रारम्भिक अनुमान गरिएको छ । सडक विभागले पुल भाँचिनुमा ठेकेदारलाई दोषी देखाएको छ भने ठेकेदारले कमसल सामग्रीका कारण पुल भाँचिएको दावी गरेको छ ।

बेलीब्रिज निर्माणका लागिआवश्यक सामग्री सडक विभागले खरिद गरेको थियो । पुलको लागि जिप निर्माण र फिटिङको जिम्मा सडक विभागले बन्धन भगवती निर्माण सेवालाई ३४ लाख रुपैयाँमा ठेक्का दिएको थियो । बन्धन भगवतीले पनि फिटिङको काम अर्को ठेकेदारलाई दिएको थियो । तर, निर्माण अन्तिम चरणमा पुगेका बेला पुल भाँचियो ।

कमिसन लिएर सडक विभागका कर्मचारीहरुले गुणस्तरहीन सामग्री खरिद गरेकाले भाँचिएको प्रारम्भिक अनुमान गरिएको छ । ‘सामग्री कमसल भयो कि भन्ने हाम्रो बुझाइ छ, गुणस्तर परीक्षणका लागि चीनबाट मान्छे झिकाएका छौं,’ बन्धन भगवती निर्माण सेवाका इन्जिनियर विनोद पन्तले भने । पुलको सामग्रीसमेत अब टेष्ट गर्ने उनले बताए ।

भाँचिएको पुल बन्न भने अझै एकसाता लाग्ने भएको छ । भाँचिएको पुललाई ठेकेदार कम्पनीले क्रेनले उठाउन खोजेपनि कम क्षमताको क्रेनका कारण समस्या भएको थियो । अब हेभिवेटको क्रेन लगेर उठाइने छ ।
अबको एक सातामा पुलमा सवारी साधन सञ्चालन गर्न सकिने निर्माण कम्पनी बन्धन भगवती निर्माण सेवाका इन्जिनियर पन्त बताउँछन् ।

‘मंगलबार बेलुकीसम्म साइडमा हेबी क्रेन पुग्ने उनले बताए । क्रेन एकदमै हेबी भयो, बाटो समस्या छ, स्काभेटरले ठेलेर क्रेन लगिरेहका छौं,’ पन्तले भने, ‘क्रेन पुग्नासाथ काम सुरु गर्ने छौं ।’

अहिले लगिएको क्रेनले पनि भाँचिएको पुल उठाउन सकिएन भने अर्को क्रेन तयारी हालतमा राखिएको पन्तले बताए । ‘अर्को क्रेन पनि तयारी हालतमा छ, दुवै क्रेन लगाएर भाँचिएको पुल उठाउँछौं,’ पन्तले भने ।

निर्माणाधीन पुल भाँचिएपछि भोटेकोशी नदीमाथि बनाइएको अस्थायी बाटोमा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । भोटेकोशी पावर कम्पनीले नदीमाथि ह्युम पाइप राखेर अस्थायी रुपमा बाटो बनाएको थियो ।

पुल भाँचिएर त्यो अस्थायी बाटो पनि अवरुद्ध भएपछि पैदल यात्रुलाई समस्या भएको स्थानीय भैरवकुण्ड युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

 

श्रोत

थप समाचार;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...