Sunday, October 25, 2020

प्याराग्लाइडिङ खेल सुरु भएसँगै धरानमा पर्यटक बढे

Author

Date

Category

सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् ।  पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन् ।

मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उडान भर्ने गरेका छन् । पोखरामा हुने गरेको प्याराग्लाइडिङको विकल्पका रुपमा धरान रहेको प्याराग्लाइडर मणिकुमार जिमीको भनाइ छ ।

धरानको मौसम र भौगोलिक अवस्थालाई हेर्ने हो भने प्याराग्लाइडिङका लागि पाइलटलाई उपयुक्त रहेको छ । धरान वरिपरिका चिन्डे डाँडा, गोर्खा पार्क, भेडेटारलगायतका स्थानबाट सहजैरुपमा उडान भर्न सकिने अवस्था रहेको प्याराग्लाइडर क्षितिज बटाजोले बताउनुभयो ।

विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु गरिएको छ । स्थानीय निकाय र सरकारले यसको प्रचार र आवश्यक भौतिक सुविधाको व्यवस्था गरे यो साहसिक खेलले धरानको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बुढा सुब्बा प्याराग्लाइडिङ प्रालि धरानका सञ्चालक लेखमणि जिमीले बताए ।

पर्यटन प्रवद्र्धन भन्ने बित्तिकै मठमन्दिर घुमाउने योजना बनाउने धरानको स्थानीय सरकारलगायत सम्बन्धित निकायले प्याराग्लाइडिङको व्यावसायिक विकासका लागि पनि योजना बनाउन आवश्यक छ ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...