Sunday, October 25, 2020

आफ्नै सहकर्मी बाट बलात्कार भएको खुलासा पूरा पढ्नुहोस

Author

Date

Category

उदयपुर । पाँच दिन अघि सामुहिक बलात्कारपछि हत्या भएको १३ वर्षिय बालिका एल्जिना खड्काको शब आफन्तले बुधवार बुझि दाहत संस्कार गरेको छ । बालिकाको आफनै सहकर्मिद्धारा सामुहिक बलात्कारपछि हत्या गरेको खुलेको छ । उदयपुरको रौतामाई गाउँपालिका– ३ लाफागाउँस्थित जनता माध्यामिक बिद्यालय रसुवा लाफागाउँका कक्षा ९ अध्ययनरत बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको हो ।

जनता माध्यामिक बिद्यालय रसुवा लाफागाउँको कक्षा ९ मा अध्ययनरत १५ वर्षिय किशोर दिपे भन्ने दिपेन्द्र राई र १७ वर्षिय रुजन भन्ने पदमवीर राईले सामुहिक बलात्कार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । लाफागाउँको अमला भञ्याङको जंगलमा पाँच दिन अघि जंगलमा मृत भेटिएकी १३ वर्षीया बालिकाको सामुहिक बलात्कारपछि हत्यारा भएको घटना स्थलको प्रकृति लास जाँच मुजुल्का र शब परिक्षण प्रतिवेदनले पुष्टी गरेको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएर नफर्केकी रौतामाई गाउँपालिका– ३ लाफागाउँ अमला भञ्याङ्गकी एल्जिना खड्काको शव अर्धनग्न अवस्थामा भोलीपल्ट आइतबार फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको आफन्तको दाबी अनुसार घट्नामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले ६ किशोरलाइृ पक्राउ गरेका मध्ये २ जनाले आरोप स्वीकारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

संलग्नताको आशंकामा सोमबार पक्राउ परेका छिमेकी ५ किशोरको बयान अनुसार मंगलबार बिहान थप १ किशोर पक्राउ परेका थिए । उनीहरुमध्ये १५ वर्षीय किशोर मुख्य दोषी र अर्का १७ वर्षीय किशोर मतियार भएको खुलेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए । हामीले हत्यामा संलग्नताको आशंकामा घट्नास्थल पुगेको टोलीले नियन्त्रणमा लिएर ल्याएका ५ किशोरहरु माथि सोधपुछ गर्दा’ हत्या गरेको स्वीकार गरेको एसपी राईले भने ‘उनीहरुको बयानका आधारमा अर्का १५ वर्षीय किशोर मंगलबार बिहान नियन्त्रणमा लियौं, सोधपुछको क्रममा उनीसहित २ किशोरले अपराध स्वीकार गरेका छन् । प्रहरीले दोषी निश्चित भइसके पनि पोष्टमार्टम रिपोर्ट शब परिक्षण प्रतिवेदन आउन बाँकी रहेकाले अपराधीलाई अहिले नै सार्वजनिक गरेको छैन । बालिकाको शव बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरि ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाट र उदयपुर अस्पतालका मेडिकल अधिकृत विजय मेहता सहितको अनुसन्धान टोलीसहित पोष्र्टमार्टमका लागि सोमबार साँझ धरान पठाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा अनुसन्धानका लागि ल्याईएका ६ जना मध्ये ४ जनालाई सोधपुछ पछि छाडिएको छ भने २ जना बिरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी दर्तापछि उनका आफन्तले शब बुझि दाहत संस्कार गरेको बालिकाका ठुलो बुवा मानबहादुर खड्काले बताए । उनले भने घर देखि ३ सय मिटरको दुरीमा भतिजीको अमानविय ढंगबाट बलात्कारपछि हत्या भयो । तर हामीले थाहा पाएनौं एल्जिना हराएको दुई दिनपछि खरबारीमा मृत भेटियो । त्यसपछि तुरुन्त

प्रहरीलाई खबर गरियो, प्रहरीले तत्काल घटनास्थल पुगि अनुसन्धान गरि हत्या पक्राउ गर्न सफल भएको ठुलो बुवाको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...