Sunday, October 25, 2020

जसले हामिहरुको इन्टरनेट सुरक्षित राख्ने, पर्दापछाडिका हिरोहरुको काम र संघर्ष गरिरहेएका हुन्छन

Author

Date

Category

जसले हामिहरुको इन्टरनेट सुरक्षित राख्ने, पर्दापछाडिका हिरोहरुको काम र संघर्ष गरिरहेएका हुन्छन

बीबीसी । फेसबुक कम्पनीले मात्र विश्वभर यिनै अनुपयुक्त सामग्री हटाउन ७ हजार ५ सय कामदार खटाएको छ । यसरी फेसबुक होस् या युट्युब, इन्टरनेटमा उपलब्ध सबै वेबसाइट र सेवाहरुलाई सुरक्षित राख्न छुट्टै खटाइएका यी अधिकारीहरुले आफ्नो मानसिक स्वास्थ्यलाई जोखिममा राखेर काम गरिरहेका हुन्छन् ।फेसबुक कम्पनीले मात्र विश्वभर यिनै अनुपयुक्त सामग्री हटाउन ७ हजार ५ सय कामदार खटाएको छ ।

यसरी फेसबुक होस् या युट्युब, इन्टरनेटमा उपलब्ध सबै वेबसाइट र सेवाहरुलाई सुरक्षित राख्न छुट्टै खटाइएका यी अधिकारीहरुले आफ्नो मानसिक स्वास्थ्यलाई जोखिममा राखेर काम गरिरहेका हुन्छन् ।इन्टरनेटले व्याप्त युगमा अनलाइन प्रयोगकर्तामाझ सुरक्षित सामग्रीमात्र पुर्याउन निरीक्षणकर्ताहरुले दैनिक संघर्ष गरिरहेका हुन्छन् । यसरी हामी सबैलाई अनुपयुक्त भिडियो, तस्बिरलगायत असभ्य पोस्टहरुबाट टाढा राख्न उनीहरुले पर्दा पछाडि धेरै ठूलो भूमिका निर्वाह गरिरहेका छन् । वास्तवमा हाम्रो समाजमा इन्टरनेटको प्रभाव लगातार वृद्धि भइरहेकै कारण अनलाइन सभ्यताको विषय महत्वपूर्ण बन्न पुगेको हो ।

तर यसका निम्ति कामदारहरुले बाल हिंसा, मारकाट, यातना, बलात्कार, हत्या, लगायतका क्रुर र एकदमै अनैतिक दृश्यहरु हेर्नुपर्ने हुन्छ, जसले उनीहरुमा पनि उत्तिकै गम्भीर मनोवैज्ञानिक असर पुर्याइरहेको हुन्छ । त्यसकारण पनि यो कामका लागि छनौट गर्दा सो व्यक्तिबारे थुप्रै कुरामा ध्यान दिइन्छ । जस्तै– पहिले त निरीक्षणकर्ता कुनैपनि धर्म वा परम्पराप्रति रुढीवादी धारणा राख्ने किसिमको हुुनु हुँदैन किनकी दैनिक अनुचित घटनाको सामना गर्नु उनीहरुका लागि पटक्कै सहज हुनेछैन ।

त्यसैगरी राम्रो नराम्रो छुट्याउन सक्ने भरपर्दो र अनुभवी हुन पनि उत्तिकै जरुरी छ । जस्तै– एक आमाभन्दा कलेज पढ्ने विद्यार्थी बढी योग्य मानिन्छ, जो भावनात्मक रुपमा बलियो हुन सक्छ ।  यसरी दिमाग खलबलाउने सामग्री हेर्न लगाइरहँदा सबै कम्पनीहरुले तिनलाई स्वास्थ्य सेवा सुनिश्चित गराएका हुन्छन् तरपनि आफ्नो कामदाताका अगाडि कमजोर र अयोग्य ठहरिने डरले अधिकांश कर्मचारीहरु स्वास्थ्य सुविधा लिनबाट पछि हटी एक्लै तनावको शिकार हुने गरेका छन् । यस्तोमा यो कामलाई सहज बनाउन अहिलेसम्म कुनै अनुसन्धान र अध्ययन नभएको उनीहरुको गुनासो छ । विशेषगरी पहिलोपटक काममा लगाउँदा कर्मचारीलाई कुन किसिमका सामग्री प्रतिबन्धित गर्नुपर्छ भन्ने सिकाउन सबैभन्दा चुनौतीपूर्ण हुने गरेको बताइएको छ ।

कतिपयले पहिलो दिनमै मानिसको टाउको काटिएको भिडियो हेर्नुपर्ने हुँदा तनावमा आउनु स्वभाविक कुरा हो । यस्तोमा प्रशिक्षकहरुले उनीहरुलाई सकारात्मक र सुरक्षित वातावरणमा राखेर काम गर्न लगाउँछन् भने कतिपयले चाहिँ ‘रोऊ तर मेरो डेस्कमा उल्टी नगर’ भन्ने गरेको कामदार बताउँछन् ।

‘माइ स्पेस’ का लागि तीन वर्ष काम गरेकी निरीक्षणकर्ता रोज बोडेन भने आफूले अति संवेदनशील सामग्री हेर्नुपर्दा आँखा धमिलो पार्ने गरेको बताउँछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...