Tuesday, October 27, 2020

आजका पत्रपत्रिका: आधुनिक सफ्टवेयर जडान गरेर पेट्रोल पम्पमा ठगी, यसरी ठगिनु त भएको छैन?

Author

Date

Category

आजका पत्रपत्रिका: आधुनिक सफ्टवेयर जडान गरेर पेट्रोल पम्पमा ठगी, यसरी ठगिनु त भएको छैन?

काठमाडौं — पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ।डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएको छ।आँखाले देख्न नसकिने र सामान्य सिस्टमले समेत हत्तपत्त पत्ता लगाउन नसक्ने सफ्टवेयर जडान गरेर पम्पले तेलमा ठगी गर्दै आएको तथ्य फेला परेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

‘डिस्पन्सिङ पम्पको डिस्प्लेमा बढी परिणाम र मूल्य देखाउने, तर इन्धन चाहिँ कम झर्ने सफ्टवेयर जठान गरेको भेटियो,’ उनले भने, ‘हामले दसैंअघिबाट गरेको अनुगमनले करिब आधा दर्जन पम्पमा सफ्टवेयर राखेर तेल ठगी गरेको भेटिएको छ।’, यो खबर आजको नयाँ पत्रिकामा मुख्य समाचार रहेको छ ।

राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भारतसँगै ३ देशको राजदूत सिफारिस भएकोलाई प्राथमिकताका साथ छापेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि कृष्ण ढकालको नाम सिफारिस गरेको हो । तीनवटै देशमा लामो समयदेखि राजदूत रिक्त थियो ।

निर्मला पन्तका बाबुआमा अनिश्चितकालीन धर्नामा बसेकोलाई पनि आजका पत्रपत्रिकाहरुले कभरेज गरेका छन् । प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग भेटेर न्यायका लागि याचना गर्दासमेत छोरीको हत्यारा पत्ता नलागेपछि उनीहरु धर्नामा बसेका हुन् ।

फेरि जुट्ने अन्तिम कसरतमा पुगिसकेका पूर्वपञ्चहरुको पार्टी राप्रपाबीचको एकता भाँडिएकोलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् । चुनाव चिह्न र राजसंस्थाको विषयमा विवाद भएपछि अन्तिममा आएर पूर्वपञ्चहरुको पार्टी एकता टरेको हो ।

पत्रपत्रिकाहरुकै पहिलो पृष्ठमा सफ्टवेयर जडान गरी पेट्रोलपम्पमा ठगी भएको, राष्ट्रपति निवास बढाउन प्रहरी प्रतिष्ठान सारिने भएको, नेकपाको तल्ला तहमा अझै दुई पार्टी रहेकोलगायत समाचार छापिएका छन् ।

नयाँ पत्रिका दैनिकले पेट्रोल पम्पमा सफ्टवेयर जडान गरेर भइरहेको अत्याधुनिक ठगीबारे मुख्य समाचार लेखेको छ ।

समाचार अनुसार अनुगमनका क्रममा ६ पम्पमा सिल गरिएको छ । देशभरका झण्डै १५ प्रतिशत पेट्रोल पम्पमा यस्तो धन्दा जारी रहेको आकलन गरिएको छ ।डिस्पेन्सिङ पम्पको मदर बोर्डमा कम तेल दिँदा बढी परिमाण देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएका छन् ।

‘एयरबस भन्छ– वाइडबडी भाडामा’ शीर्षक दिएर अन्नपूर्णले मुख्य समाचार लेखेको छ । नेपाल एयरलाइन्सले विमान निर्माता एयरबससँग वाइडबडी खरिद गरेको बताए पनि भाडामा लिएको हुनसक्ने आशंका समाचारमा गरिएको छ ।अन्नपूर्णमै कमाइको १० प्रतिशत आमाबालाई दिनुपर्ने अर्को खबर पनि छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानूनको तयारी हुन लागेको समाचारमा उल्लेख छ ।

नेपाल प्रहरीको विरासतका रुपमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई पूर्वतयारीबिना महाराजगञ्जबाट काभ्रेको पनौती सार्ने सरकारी निर्णण्प्रति अधिकांश वरिष्ठ पूर्वप्रहरी अधिकारीले आपत्ति जनाएको कान्तिपुरले लेखेको छ । ७० वर्षभन्दा लामो इतिहास बोकेको प्रशिक्षण स्थल हटाउने सरकारको निर्णयले प्रहरीको संगठनात्मक तालिम–प्रशिक्षणमा दीर्घीकालीन असर पर्ने उनीहरुको चिन्ता रहेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

कान्तिपुरमै रौतहटको चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आईएस पोल्टी फार्मका कुखुरलाई गीत सुनाउने गरिएको रोचक समाचार पनि छ ।

राजधानीले शोधनान्तर घाटा ६ वर्षयताकै उच्च भएको, राजसंस्थाले राप्रपा एकता भाँडिएकोलगायत समाचारलाई पहिलो पृष्ठमा स्थान दिएर छापेको छ । राजनीतिक व्यवस्था र संविधान परिवर्तन भए पनि नागरिकको नजरमा मन्त्रीदेखि कर्मचारीसम्ममा नैतिकता र इमानको खडेरी उस्तै देखिएकोलाई पनि राजधानीले लेखेको छ ।

नागरिकले डलर सटहीमा कटौती गरिएकोलाई मुख्य समाचार बनाएर छापेको छ भने गोरखापत्रले छठ पहाड र मधेस जोड्ने सेतु बन्दै गएको लेखेको छ ।

पेट्रोल पम्पमा यसरी ठगिनु त भएको छैन ?

काठमाडौंको सानो भ¥याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपझोक्ता ठग्ने गरेको फेला परेको छ ।नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो भ¥याङमा रहेको सो पेट्रोल पम्पले कम तेल वितरण गरी उपभोक्ता ठग्ने गरेको पाइएको हो । बंगालामुखी आयल स्टोर्सले सप्टवेयरमार्फत उपभोक्तालाई कम तेल दिने गरेको अनुगमनका क्रममा भेटिएको विभागले जानकारी दिएको समाचार आजको कारोबार दैनिकामा छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...