Thursday, October 29, 2020

नयाँ नोट सटहीमा समेत राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने, सबै जातजातिको पर्वमा नयाँ नोट दिने

Author

Date

Category

काठमाडौं । नयाँ नोट सटहीमा समेत नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । नयाँ नोट सटहीमा समेत राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने, सबै जातजातिको पर्वमा नयाँ नोट दिने

यसअघि हिन्दू नेपालीको ठूलो पर्व दशैंका बेला ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले अब अन्य जातजाति तथा भाषाभाषीहरूले मनाउने पर्वमासमेत नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको हो ।मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीहरूले मनाउने विभिन्न चाड–पर्व तथा राष्ट्रिय दिवसहरू नयाँ नोट सटही सुविधा प्रदान गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले बताएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार नववर्ष, उभौली पर्व÷वुद्धजयन्ती, गाईजात्रा, गौरा पर्व, हरितालिका तीज, संविधान दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ पर्व, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्व/योमरी पुन्ही–ज्यापु दिवस, क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्री, फागु पूर्णिमा, घोडेजात्रा, ईद आदि राष्ट्रिय चाड–पर्व तथा राष्ट्रिय दिवसहरूमा नयाँ नोट साट्न सकिनेछ ।

नयाँ नोट काठमाडौंको थापाथली स्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयहरूबाट समेत नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...