Sunday, October 25, 2020

भेरी-बबईः जलविद्युत् आयोजना अघि बढाइँदै

Author

Date

Category

राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ बनाउने कामले गति लिएसँगै जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
१२ किलोमिटर सुरुङ बनाउन प्रयोग भइरहेको टनेल बोरिङ मसिन (टीबीएम)ले हालसम्म झण्डै नौ किलोमिटर सुरुङ खनिसकेको बताइएको छ।
उक्त आयोजनाबाट बाह्रौ महिना करिब ४७ मेगावाट विद्युत् उत्पादन हुने र ५१ हजार हेक्टर कृषियोग्य क्षेत्रमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको छ।
भेरी नदीको पानी बबई नदीमा झारेर त्यसबाट विद्युत् उत्पादन गर्ने र बाँके बर्दियामा सिँचाइ सुविधा पुर्‍याउने गरी निर्माण भइरहेको उक्त आयोजनामा नेपालमै पहिलो पटक टनेल बोरिङ मसिन (टीबीएम) प्रयोग गरिएको छ।
आशङ्का
जुन मसिनले दुई नदीका बीचमा सुरुङ बनाउने काम गरिरहेको छ। उक्त सुरुङमार्गको जोखिमपूर्ण क्षेत्रमा टिबीएम मसिनले काम गर्न सक्ने हो या होइन भन्ने आशङ्का हटिसकेको आयोजना कार्यालयले जनाएको छ।
उक्त मसिनले जोखिमपूर्ण क्षेत्र पार गरेसँग जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइएको बताउँछन आयोजना प्रमुख संजीव बराल।
‘आयोजनालाई गति दिन मन्त्रालयहरूबीच समन्वय’
चीनबाट आयो सुरुङ खन्ने ‘अत्याधुनिक’ यन्त्र
“सुरुङको मुख्य जोखिम क्षेत्र कटेपछि अरू काम शुरु गर्ने भनेका थियौँ। बाँकी कामबारे विस्तृत अध्ययन गरी खरिद स्वीकृतिका लागि विभागमा पेश गरेर हामीले अन्तिम रूप दिन लागेका छौँ। छिट्टै बोलपत्र आह्वान गरिनेछ।”
विद्युत् गृह र बाँधका निर्माणका लागि आह्वान गरिने बोलपत्र अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ। सुरुङमार्गको काम चिनियाँ कम्पनीले गरिरहेको छ।

सुरुङमार्ग पूरा हुन बाँकी झण्डै तीन किलोमिटर क्षेत्र अब सहजै निर्माण हुने आयोजनाका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट कृष्णप्रसाद उपाध्यायले बताए।
“मसिनले खन्नुपर्ने ३ किलोमिटर जति बाँकी छ। अहिले जुन रफ्तारमा काम भएको छ यही रफ्तारमा काम भयो भने चारदेखि पाँच महिनामा सुरुङको काम सकिने छ।”
चुरे क्षेत्रमा टनेल बोरिङ मसिन प्रयोगलाई निकै चुनौतीका रूपमा हेरिएको थियो।
गति
तर यसको सफल प्रयोगले नेपालमा अन्य परियोजनाको सुरुङ छिटो खन्न नयाँ प्रविधि प्रयोगको बाटो खोल्ने बताउँछन् आयोजना प्रमुख संजीव बराल।
“हिमाली भूगोलमा टीबीएम पनि एउटा निर्माण सामग्री हो भन्ने अवस्थामा पुगेका छौँ। नेपालका अन्य परियोजना बनाउँदा टीबीएम प्रयोग गरेर सुरुङहरू छिट्टो निर्माण गर्न सकिन्छ भन्ने सन्देश यसले दिएको छ।”
अहिलेकै गतिमा काम भएमा आर्थिक वर्ष २०८० सम्ममा यो आयोजनाका सबै काम सकिने र त्यसका लागि २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
यसबाट झण्डै बर्सेनि ४७ मेगावाट विद्युत् त्पादन हुनेछ।
विद्युत्‌का अतिरिक्त बाँके र बर्दियाका ५१ हजार हेक्टरमा वर्षैभरि हुने सिँचाइले नेपालको कृषि उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने सरकारी भनाइ छ।

श्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...